सीपीसीका नेता र ओलीबीच के के भयो कुराकानी ?
चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ । त्यसक्रममा दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन दुवै पक्ष प्रतिवद्ध रहेको बताइएको छ ।
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । ‘लिउ जियनचाओले चीनका लागि नेपाल अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासमा साझेदार समेत रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताउनुभयो’, ओलीसँगको भेटपछि भट्टराईले रातोपाटीसँग भने, ‘अध्यक्ष ओलीले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो भने त्यसका लागि उहाँहरुले धन्यवाद दिनुभयो ।’ त्यस्तै नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएको भट्टराईले जानकारी दिए ।
‘बीआरआई परियोजना सहमति भएकै विषय हो, उक्त परियोजना अघि बढाउनुपर्छ भन्नेमा दुवै पक्षको समान धारणा रह्यो’, भट्टराईले भने, ‘नेपालका कम्युनिस्ट पार्टीबीच एकता सहकार्य गर्ने नगर्ने नेपालको आन्तरिक विषय भएकाले त्यसमा कुनै छलफल भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)