उपेन्द्र यादवले राष्ट्रिय पार्टी बनाउन नमानेको भट्टराईको आरोप
जनता समाजवादी पार्टी (जसपा)संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामुहिक नेतृत्वको कुरा उठाउँदा आफूलाई नेतृत्व खोजेको लागेको बताएका छन् । आफू निकट केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामुहिक नेतृत्वको कुरा उठाएको बताए ।
‘मैले सुरुदेखि नै नेतृत्व सामुहिक बनाउनुपर्छ भनेको हुँ । अहिले भनेको होइन । कतिपयले बाबुरामले नेतृत्व खोज्यो भन्ने अर्थ्याए’ भट्टराईले भने, ‘यो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने हो भने हिमाल पहाड तराई सबै जातिको प्रतिनिधित्व गराउनुपर्छ ।’ तर उपेन्द्र यादवले राष्ट्रिय पार्टी बनाउन नमानेको भट्टराईले बताए ।
‘यो पार्टीबाट महन्थ ठाकुर अलग भएर गएपछि विधान पहिलेकै छ । संघीय परिषद अध्यक्ष म छु । २ कार्यकारिणी अध्यक्षको प्रावधान छ । महन्थ ठाकुर गएपछि मैले निरन्तर भनेँ त्यसमा एक जना जनजाति समुदायबाट राखौं, जसलाई राखेपनि । सबै समुदायको हो भन्ने थाहा पाउँछन्’ उनले भने ‘तर, मेरा मित्र उपेन्द्र यादव जीको भय हो कि शंका हो ज्यान गएपनि मान्नु भएन । आजसम्म मान्नु भएको छैन ।’
पार्टीमा तीन जनाको हेडक्वार बनाउँदासम्म एउटा पनि बैठक बस्न नसकेको भट्टराईले बताए । ‘तीन जनाको हेडक्वार्टर बनाइयो । त्यसको एक पटक पनि बैठक बस्न सकेन’ उनले भने, ‘अहिले केन्द्रीय समिति बैठकमा हामीलाई बोलाइएन । हामीलाई बैठकमा बोलाएको र हामी नगएको मिडियाका साथीहरुले पुष्टी गर्नुभयो भने मानौँला । हामी काठमाडौँमै छौँ । हामीलाई बैठकमा बोलाएको पनि छैन ।’ मौसमको समेत तादम्यता नमिलाएर वीरगञ्जमा बैठक बोलाएको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै