बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप १७७ जनामा कोरोनाको संक्रमण

मङ्गलबार, २८ असार २०७९, २० : ००
मङ्गलबार, २८ असार २०७९

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् । सो अवधिमा कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप