चोभार सुख्खा बन्दरगाहबाट ५ हजार जुत्ता निर्यात
चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरू भएको छ । डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको सुख्खा बन्दरगाहबाट पहिलोपटक निर्यात भएको हो । चैतमा उद्घाटन भएयता आयातमात्रै भइरहेको बन्दरगाहबाट निर्यात सुरू भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
उनले भने, ‘आजदेखि निर्यात सुरू भएको छ । पहिलोपटक बन्दरगाहबाट ५ हजार १३० जोडी जुत्ता विदेश निर्यात भएको छ ।’ उनकाअनुसार यससँगै चोभार सुख्खा बन्दरगाहबाट निर्यातको बाटो समेत खुलेको छ । खासगरी, चोभार सुख्खा बन्दरगाहसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरक्रिया गरेपछि यसबाट व्यवसायीले निर्यात सुरू गरेका हुन् ।
यसअघि, उद्योग मन्त्रालयमै चोभार सुख्खा बन्दरगाह चल्न नसक्नुको कारण बारे छलफल भएको थियो । यससँगै, हालसम्म न्यून मात्रामा आयात भइरहेको बन्दरगाहबाट निर्यात सुरू भएको हो । यसबाट अर्बौ लगानी गरेर बनाइएको बन्दरगाहको लक्ष्य सुरू भएको निर्देशक गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विपक्षी दलहरूको दौडधुप, सुप्रिम सहकारी ठगी प्रकरणमा रविसँग ४ करोड बिगो दाबी
-
थानकोटमा युवतीमाथि चक्कु प्रहार, एकजना पक्राउ
-
मन्त्रिपरिषद् बैठक सुरु
-
ऐतिहासिक निशान पदमार्गमा पदयात्रा
-
ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
-
विश्वका थुप्रै अवार्ड विजेता ‘सेतो सूर्य’ युट्युबमा