नेप्सेमा ११ अंकको सुधार, १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अंकले बढेको छ । हिजो ७७ अंकले बजार घटेको बजार आज दोहोरो अंकले सुधारिएको हो । यसक्रममा आज १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार ११ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ९२७ अंकमा पुगेर बन्द भएको छ । आज बजार परिसूचक ०.६१ प्रतिशतले सुधारिएको छ । यसैगरी, आज सेन्सेटिभ समूह २.०९ अंकले बढेर ३६८ अंकमा पुगेको छ । आज यसक्रममा ४९ लाख कित्ता सेयर किनबेच भएर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार दोहोरो अंकले सुधारिएको दिन आज सप्तकोसी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेर २३४ रुपैयाँ पुगेको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले बढेर ५०४ रुपैयाँ पुगेको छ ।
यसैगरी, आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ४ प्रतिशतले घटेर ८२० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा ७४ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६५ अंकको सुधार आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ४१ अंकले बढेको छ भने व्यापार समूह २६ अंकले बढेको छ भने विकास बैंक समूह २६ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
अर्शदीप १८ करोडमा पञ्जाबमा र राबडा १० करोड ७५ लाखमा गुजरातमा