बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ काँग्रेस नेताहरुको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)

मङ्गलबार, २८ असार २०७९, २० : ००
मङ्गलबार, २८ असार २०७९

नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो । 
प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्थागरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन् । 

पार्टीको पहिलो वरियतामा केन्द्रीय सभापति रहनेछन् भने त्यसपछि पूर्वसभापति र तेस्रो नम्बरमा प्रधानमन्त्री वरियतामा रहने प्रस्तावमा उल्लेख  छ । चौथो वरियतामा पूर्वप्रधानमन्त्री, पाँचौमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी, सातौँमा संसदीय दलका पूर्वनेता, आठौँमा पूर्वकेन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ। 

यस्तै वरीयताको अन्तिममा काँग्रेस सदस्य र त्यसभन्दा अघिल्लो वरियतामा क्रियाशील सदस्य रहने प्रस्तावमा उल्लेख छ । काँग्रेसको वरियतासम्बन्धी प्रस्तावमा १२१ तह निर्धारण गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप