शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा उठ्यो धर्मनिरपेक्षता पुनरावलोकनको सवाल

मङ्गलबार, २८ असार २०७९, १५ : १०
मङ्गलबार, २८ असार २०७९

नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका हुन् । 
बैठकमा आफ्नो धारणा राख्दै स्तेहीले भने, ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा काँग्रेसको भोट बैंक के हो ? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ?छलफल गरौं । धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी छ ।’
उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव गरेका छन् । ‘देश अस्थिर भयो । गठबन्धनको टेको टेकेर सरकार बनाउनु पर्यो’, उनले भने, ‘संघीयता आएको यत्रो वर्ष भयो , संघीयताको बारेमा छलफल र बहस चलाउनु पर्छ ।’
 ३ करोड जनसंख्या भएको देशले संघीयता धान्न नसक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप