शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार

मङ्गलबार, २८ असार २०७९, १४ : ५८
मङ्गलबार, २८ असार २०७९

सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान  ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई र गोकुल बास्कोटा उपस्थित थिए । 

दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरू बैठक छोडेर हिँडे । 

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बैठकमा विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम  कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’ सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप