मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

मङ्गलबार, २८ असार २०७९, १३ : ३०
मङ्गलबार, २८ असार २०७९

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताएका हुन् । 

उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरू मन्द गतिमा भएको उल्लेख गरे । सांसद विश्वकर्माले ठेकेदारहरूको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरू रोकिएको भन्दै उनीहरूलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप