शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी

मङ्गलबार, २८ असार २०७९, १३ : २७
मङ्गलबार, २८ असार २०७९

रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो । 

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप