प्रधानमन्त्रीसँग भरतपुर मेयर दाहालले गरिन् चितवनको समग्र विकासका विषयमा छलफल
मङ्गलबार, २८ असार २०७९, १२ : ३१
प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरेकी छिन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर मेयर दाहालले चितवनको दीर्घकालिन विकासका विषयमा छलफल गरेकी हुन् ।
मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेकी हुन् । यस्तै चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माणका विषयमा छलफल गरेको मेयर दाहालले बताइन् ।
प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत सहभागी थियो । सोही छलफल निक्कै उपलब्धिपूर्ण भएको दाहालको भनाइ छ । चितवनको विकास लागि मेयर निर्वाचित भएपछि दाहाल निरन्तर लागि परेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म