बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

मङ्गलबार, २८ असार २०७९, १२ : ०७
मङ्गलबार, २८ असार २०७९

आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) को बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । 
उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।

२ अर्बको चुक्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समुहको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप