आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

मङ्गलबार, २८ असार २०७९, ११ : ५४
मङ्गलबार, २८ असार २०७९

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो ।

फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए । निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ । ​ एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

फिल्मका निर्माता अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप