बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

मङ्गलबार, २८ असार २०७९, १० : ११
मङ्गलबार, २८ असार २०७९

गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

सो सडकखण्डको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीशहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढी पहिराले अवरुद्ध बनाउँदै आएको छ । 

सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीशहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए । पहिरोले बेँसीशहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।  गए रातिको वर्षाले बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दा उक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन । 

सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीशहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप