केन्द्रीय समितिको बैठकको तयारीका लागि उपेन्द्र यादव पुगे वीरगञ्ज
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको बैठकका लागि आज वीरगञ्ज पुगेका छन् । भोलिदेखि वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि उनी आजै वीरगञ्ज पुगेको सो पार्टीका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले बताए । केन्द्रीय समितिको तयारीका लागि आज कार्यकारिणी समितिको पनि बैठक बस्ने छ ।
सो बैठकमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डालाई अनुमोदन गर्ने बताइएको छ । बैठकमा सहभागीका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु हिजोदेखि वीरगञ्ज आउन सुरु भएको छ । पार्टीको विवादको बीचमा भइरहेको यो बैठकप्रति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको आकर्षण रहेको छ । केन्द्रीय समितिमा नरहेका नेता तथा कार्यकर्ताहरु पनि वीरगञ्ज पुग्न लागेका छन् ।
वीरगञ्जमा जसपाका नेताहरुको चहलपहल बढेको छ । केन्द्रीय सदस्यहरुको लागि पार्टीले बास र खानाको समेत व्यवस्था गरेको छ ।
यता, जसपा बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँको जडिबुटीमा बस्न लागेको छ । जब कि उपेन्द्र यादव पक्षले विज्ञप्ति जारी गरेर काठमाडौमा जसपाको कुनै पनि बैठक नरहेको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता