इटालीलाई कोभिडको दोस्रो बुस्टर डोज प्रयोग गर्न अनुमति
मङ्गलबार, २८ असार २०७९, ०९ : ४५
![इटालीलाई कोभिडको दोस्रो बुस्टर डोज प्रयोग गर्न अनुमति](https://rpcdn.ratopati.com/media/albums/animal-khop_qpUzHG9haN.jpg)
इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो ।
युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
-
अभिभावकमाथि अश्लील टिप्पणीको मुद्दा : बयान दिन चोकी पुगिन् अपूर्वा
-
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा ४०० प्रतिशतले बढ्यो
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ