पत्रपत्रिका
पटकपटक प्रश्नपत्र आउट
मङ्गलबार, २८ असार २०७९, ०६ : २५
सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन।
पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर' को प्रश्नपत्र दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको 'प्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो। त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको 'नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स' विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै