सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन

मङ्गलबार, २८ असार २०७९, ०६ : १५
मङ्गलबार, २८ असार २०७९

योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुुरु गरियो ।

औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुुरु औपचारिक क्षेत्रबाट गरिएको थियो । नयाँ युुगको सुरुवात भनेर घोषणा गरिएको कार्यक्रममै भनिएको थियो । पहिलो वर्ष औपचारिक र दोस्रो वर्षदेखि अनौपचारिक र स्वरोजगारको क्षेत्रमा लागू हुन्छ । घोषणा भएको चार वर्ष पूरा भइसकेको छ तर अहिलेसम्म अनौपचारिक वा स्वरोजगार क्षेत्र यसमा आबद्ध हुन सकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप