आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

परिचयपत्र बनाउन झमेला

मङ्गलबार, २८ असार २०७९, ०६ : ०८
मङ्गलबार, २८ असार २०७९

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ । त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप