बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ बेलायतको दशौँ वार्षिकोत्सव मनाइयो

मङ्गलबार, २८ असार २०७९, ०६ : ०१
मङ्गलबार, २८ असार २०७९

नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका  अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, अग्रज पत्रकारहरू खगेन्द्र नेपाली र सुमन खरेल, बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रूपमा कार्यरत पत्रकार नवीनसिंह खड्कालगायत बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पत्रकार महासंघ बेलायतको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै नेपाली पत्रकारहरूलाई थप व्यावसायिक बन्न सुझाव दिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको स्थापनाको दशौँ वर्षगाँठका अवसरमा बधाई दिँदै प्रवासका पत्रकारहरूले सूचना सम्प्रेषण मात्र नगरेर स्वदेशका लागि ज्ञान, सीप समेत हस्तान्तरण गरिरहेको बताए। नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पत्रकार महासंघ बेलायतसँग दूतावासले निकट सहकार्य गर्दै आएको उल्लेख गर्दै पत्रकारहरूलाई दूतावासबाट हुने सहयोग सधैँ रहने जनाइन् ।

शाखाले स्थापनाको दश वर्ष पूरा गरेको अवसरमा ‘दशौँ वर्ष विशेष स्मारिका’ प्रकाशित गरेको  छ । ५६ पृष्ठको उक्त स्मारिकामा प्रधानमन्त्री शेरबहादुर देउवा, बेलायतका नाली नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायतले शुभकामना व्यक्त गरेका छन् ।  स्मारिकामा बीबीसीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, भगिरथ योगी, बीएफबीएस गोर्खा रेडियोका खेम गुरुङ लगायतका डेढ दर्जन बढी लेखहरु समावेश गरिएका छन् ।

समारोहमा यस वर्षको ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरियो। प्रमुख अतिथि राजदूत आचार्य, समाजसेवी रविजंग लामिछाने र पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले ५ सय दुई पाउन्ड नगद र सम्मानपत्रसहितको पुरस्कार वितरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप