पत्रपत्रिका
जसपा छाडेर लोसपासँग एकीकरण ?
मङ्गलबार, २८ असार २०७९, ०५ : ४०
![जसपा छाडेर लोसपासँग एकीकरण ?](https://rpcdn.ratopati.com/media/albums/Dr._Baburam_Bhattarai__1_ZtGd4sf7jE.jpg)
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।
भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् । भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
-
१० बजे, १० समाचार
-
कृषिमा फट्को मार्न ‘एग्री–विजनेश’मा जोड