मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना, ६ जना  घाइते

सोमबार, २७ असार २०७९, २२ : ५२
सोमबार, २७ असार २०७९

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  सोमबार साँझ ६ बजेतिर सदरमुकाम तम्घासबाट इस्मा तर्फ जाँदै गरेको ग १ ज ५८८१ नम्वरको जिप रेसुङ्गा नगरपालिका–४ को मसिना पोखरीमा  सडक मै पल्टेर दुर्घटना भएको हो ।  

प्रहरीका अनुसार घाइते हुनेहरुमा इस्मा गाउँपालिका–४ का लंकबहादुर दर्लामी, रुद्रबहादुर दर्लामी, नर्मती घिमिरे, ज्ञानबहादुर बस्नेत, हरिबहादुर दर्लामी, केशवबहादुर पल्ली रहेका छन् ।  घाइते सबैको अवस्था सामान्य रहेको तर तीन जनाको टाउकोमा सामान्य चोट देखिए पनि सिटिस्क्यान गराउनका लागि गुल्मी अस्पतालबाट पाल्पा रिफर गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । लोड बढि भएका कारण ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीे अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप