आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरमा लिफ्ट मागेकी छात्रालाई थानकोटमा लगेर बलात्कार

सोमबार, २७ असार २०७९, २१ : ५६
सोमबार, २७ असार २०७९

टिपरमा लिफ्ट मागेर दोलखाबाट काठमाडौं आएकी १७ वर्षीया विद्यार्थीलाई चालकले बलात्कार गरेका छन् । असार २४ गते राति चरिकोटबाट आएको रा.१ ख २७३४ नम्बरको टिपर चालकले छात्रालाई बलात्कार गरेका हुन् । 
बलात्कार आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका  ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

बलात्कृत बालिका गौशालास्थित एक क्याम्पसमा १२ कक्षामा पढ्छिन् । ज्ञानबहादुरले टिपरमा ‘तेल सकियो तेल हाल्न जाउँ पछि गौशालामा ल्याई तिमीलाई छाड्छु’ भनेर चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिक लगे । डिपो नजिकै टिपर पार्किङ गरेर आरोपीले सह–चालकलाई ‘गाडीको टायर चेक गर्’ भनेर क्याविनमा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

 सहचालक बाहिर गएको समयमा गाडीको ढोका बन्द गरेर बलात्कार पछि उनी फरार भएका थिए । असार २५ मा कलंकीबाट पक्राउ गरेर प्रहरी वृत्त थानकोटले घटनाबारे अनुसन्धान गरिरहेको छ । ज्ञानबहादुर नेपालीलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप