धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना
सोमबार, २७ असार २०७९, २१ : ५१
काठमाडौँ महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्।
‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो