बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य गर्ने मुख्यमन्त्री केसीको प्रतिबद्धता

सोमबार, २७ असार २०७९, १९ : ५८
सोमबार, २७ असार २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले  स्थानीय सरकारसँग स्वास्थ्य र शिक्षामा सहकार्य गरेर  प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । उनले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै त्यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि जानुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकालाई नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगर १२ वर्षमाथि उमेर समूहका लागि कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप