मिटर ब्याज लिएर ठगी गर्ने पक्राउ
धनुषामा प्रहरीले एक जना मिटरब्याजीलाई ठगी आरोपमा पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । साँवा ब्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि आरोपितले जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु भन्दै ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनको खोजतलास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेलगत्तै फरार भएका आरोपित यादवलाई जनकपुरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए । उनीमाथि ठगी शीर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
-
सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी