आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स गाभिने

सोमबार, २७ असार २०७९, १९ : ५१
सोमबार, २७ असार २०७९

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच एक आपसमा गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवम् वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप