मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बौद्ध घटना : सामूहिक बलात्कारमा संलग्न ३ जना पुर्पक्षका लागि थुनामा

गेष्ट हाउस सञ्चालकलाई १० लाख धरौटी माग
सोमबार, २७ असार २०७९, १९ : ४७
सोमबार, २७ असार २०७९

बौद्धको लुङ्ता गेष्ट हाउसमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेकाहरूलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । वैशाख २९ मा सो गेष्ट हाउसमा बलात्कार भएको थियो ।

बलात्कार आरोपमा पक्राउ परेका काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामालाई जिल्ला अदालतले थुनामा राख्न आदेश गरेको छ ।

गेष्ट हाउस सञ्चालक सिन्धुपाल्चोकको भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

आफमाथि सामूहिक बलात्कार भएको भन्दै वैशाख २९ मा बिहान पीडितले रानीपोखरी स्थित प्रहरी कन्ट्रोल रुमको १०० मा फोन गरेकी थिइन् । लुङ्ता गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले बलात्कार मतियारको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप