आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारले लोकतन्त्रको मजाक बनायो : प्रभु साह

सोमबार, २७ असार २०७९, १९ : ३५
सोमबार, २७ असार २०७९

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अपवित्र गठबन्धनको सरकारबाट जनता आजित भैसकेको बताएका छन् । गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिका मन्सरी गाउँमा मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री साहले गठबन्धन सरकारको कार्यशैलीले जनतालाई निराश तथा आक्रोशितसमेत बनाएको बताएका हुन् । 

सरकारको भ्रष्ट चरित्रको कारण सबै क्षेत्रमा महँगी बढेकाले जनता पीडित हुन थालेको बताए । सूचनाको हकको संवैधानिक व्यवस्था समेत लत्याएर प्रमुख प्रतिपक्षी दलले मागेको एउटा सामान्य सिसिटिभी फुटेज डिलिट गर्ने हरकतले लोकतान्त्रिक व्यवस्थाको मजाक बनाइएको नेता साहले टिप्पणी गरे । प्रतिपक्षले एउटा सामान्य सिसिटिभी फुटेज माग्दा फुटेज नष्ट गर्ने, बरु मन्त्रीले राजीनामा दिने तर सत्य तथ्य जानकारी नदिने जुन हरकत भएको छ यसले लोकतन्त्रको मजाक बनाएको छ पूर्व मन्त्री साहले जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप