आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडमा देखिन लागेका साउथका ५ स्टार

सोमबार, २७ असार २०७९, १९ : ४२
सोमबार, २७ असार २०७९

बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि ५ साउथ स्टार बलिउड देखिँदैछन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । 

विजय सेतुपति: शाहरुख खानको आगामी फिल्म ‘जवान’ २०२३ को बहुप्रतिक्षित फिल्ममध्ये एक हो । फिल्ममा साउथकी नायिका नयनताराको पनि मुख्य भूमिका छ । रिपोर्टका अनुसार साउथका चर्चित अभिनेता विजय सेतुपति पनि फिल्मको मुख्य भुमिकामा देखिँदैछन् । फिल्ममा उनको भिलेनको भूमिका रहने बताइएको छ । 

नागा चैतन्य : साउथका चर्चित अभिनेता नागार्जुनका छोरा नागा चैतन्य पनि बलिउडमा डेब्यु गर्दैछन् । चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा एक महत्वपूर्ण भूमिका मार्फत बलिउड डेब्यु गर्न लागेका हुन् । चैतन्यले साउथ २६ फिल्म अभिनय गरेका छन् । 

दग्गुबाती वेन्कटेश: तेलुगु फिल्मका चर्चित अभिनेता दग्गुबाती वेन्कटेश २७ वर्षपछि सलमान खान अभिनित फिल्म ‘कभी ईद कभी दिवाली’ मार्फत बलिउड फिल्ममा फर्किएका छन् । अभिनेताले यसअघि पनि धेरै बलिउड फिल्ममा काम गरिसकेका छन् । १९९३ को फिल्म ‘अनाडी’ अभिनय उनको मनपराइएको थियो । 

नागार्जुन : अक्किनेनी नागार्जुन १९ वर्षपछि ‘ब्रह्मास्त्र’ मार्फत हिन्दी फिल्ममा देखिँदैछन् । नागार्जुनले आफ्नो करियर १९६७ को तेलुगु फिल्मबाट सुरु गरेका थिए । यस फिल्ममा नागार्जुनले बालकलाकारको भूमिका निर्वाह गरेका थिए । सयभन्दा बढी फिल्ममा काम गरिसकेका उनी पछिल्लो समय २००३ मा आएको फिल्म ‘एलओसी कारगिल’ मा देखिएका थिए ।

सूर्या : तमिल फिल्मका सुपरस्टार सूर्या छिट्टै ‘सोरारई पोटरु’ को हिन्दी रिमेकमा देखिनेछिन् । यस फिल्ममा सूर्या छोटो भूमिकामा देखिन लागेका हुन् । पिःल्मको ओरजिनलमा सूर्या मुख्य भूमिका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप