शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूद्वारा राजीनामा

सोमबार, २७ असार २०७९, १९ : ३०
सोमबार, २७ असार २०७९

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । सोमबार अनेरास्वयु (क्रान्तिकारी) का जिल्ला उपाध्यक्षहरू विजय पौडेल (आभास) र मधुसूदन गन्धर्व, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरू गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त रूपमा राजीनामा दिएको जानकारी दिएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) भए पनि माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी सङ्गठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै सङ्गठनको अवहेलना गरिरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै विगत देखि नै पार्टी तथा नेतृत्वले सक्रियरुपमा सङ्गठित विद्यार्थी कार्यकर्ताको संरक्षण लगायतको सवालमा कुनै किसिमका चासो नदिएको आरोप लगाएका छन् । सङ्गठन नेतृत्वहरुले पटक पटक जिल्लाका प्रमुख पार्टी नेतृत्वहरुसँग गुनासो राख्ने सन्दर्भमा छलफल तथा बैठक बस्न खोजिरहँदा समेत पार्टी नेतृत्वले आलटाल गरिरहेका कारण आफुहरुले नेतृत्व तहबाट संयुक्त राजीनामा दिएको बताएका छन्। - विक्रम विश्वकर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप