यस्ता छन् एन्फा कार्यसमिति बैठकका एजेन्डा

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न ६ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धि मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्ति सम्बन्धी मुख्य योजना बनाएको छ ।
महिला साफ काठमाडौंमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारण देखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि ऐजन्डा बनाएको छ ।
यस्ता छन् एजेन्डा :
- महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।
- एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।
- एन्फाको पदपूर्ती सम्बन्धि ।
- सि डिभिजन लिग छनोट सम्बन्धि ।
- फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धि ।
- यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
-
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)