अनेरास्ववियूद्वारा त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । ‘१० बुँदे माग लिएर उपकुलपतिलाई बुझाउन साथीहरु जानु भएको थियो । संगठनले उठाएको माग उपकुलपति वेवास्ता गर्नुभयो’ पराजुलीले भने,‘हामीले उठाएका माग सम्बोधन गर्नुपर्नेमा उल्टै उपकुलपति प्रहरी लगाएर हाम्रा साथीहरुलाई दमन गर्नुभयो । साथीहरुले प्रतिवाद गर्नेक्रममा उपकुलपतिको कार्यालयमा सामान्य तोडफोड हुन पुग्यो । त्यो सबै तोडफोडको सम्पूर्ण जिम्मा उपकुलपतिले लिनुपर्छ ।’
त्रिविमा प्रश्नपत्र आउट गर्ने, एउटै प्रश्नपत्र दोहो¥याएर छाप्ने,दलको आस्थाका आधारमा भर्ती गर्ने र आंगिक क्याम्पसमा निजी सरह शूल्क लिन थालेपछि ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाउन गएको पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह