बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२८ अर्ब चुक्ता पुँजीसहित ठूलो बैंकको रुपमा उदायो नबिल बैंक

सोमबार, २७ असार २०७९, १८ : ०५
सोमबार, २७ असार २०७९

विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।

१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००: ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो ।  असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।

योसँगै यसअघिको यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा झरेको छ । यद्यपि, बैंक अफ काठमाण्डू (बीओके) सँग मर्जरको हात बढाइसकेको ग्लोबलले पुनः आफ्नो स्थान फिर्ता लिने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप