बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा
सोमबार, २७ असार २०७९, १७ : १३
![बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा](https://rpcdn.ratopati.com/media/albums/bu_Pl7gq0XqrH.jpg)
रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् ।
उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता