दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति
नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपिओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएका हुन् ।
बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
साधारण सेयर निष्कासनका लागि लघुवित्तले सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ । वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । संस्थाले बागलुङ नगरपालिका(२ श्रीनगर टोलमा रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । यसका ४४ शाखा र दुईवटा उपशाखा कार्यालय छन् ।
जारी पुँजीको ३९ प्रतिशत बराबरको साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो । अभियानले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई तोकेको छ । दुई लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाड दिऔँ: उपप्रमुख डङ्गोल
-
बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित
-
थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
-
सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर
-
जय ट्रफी क्रिकेट : आलमको ७ विकेट, पुलिसद्वारा इनिङ्स समाप्तिको घोषण
-
जनतासँग डराएकै कारण प्रधानमन्त्री ओली सार्वजनिक समारोहहरूमा सहभागी हुन छाडेका छन् : प्रभु शाह