शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सोमबार, २७ असार २०७९, १६ : ०८
सोमबार, २७ असार २०७९

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । 

प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप