बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट हुने

सोमबार, २७ असार २०७९, १६ : ०४
सोमबार, २७ असार २०७९

हिमालयन हाइड्रोपावर कम्पनीको आइपिओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

हिमालयन हाइड्रोपावरको आइपिओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । 

यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल एक अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  कम्पनीले १५ देखि १९ असारसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

योमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आइपिओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप