आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न

सोमबार, २७ असार २०७९, १५ : २८
सोमबार, २७ असार २०७९

राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो । 

विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ । सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप