धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको जिम्मेवारी खोसियो
सोमबार, २७ असार २०७९, २१ : ००
सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ ।
उनले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए । पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो । पछिल्लो समय सर्वोच्च अदालतले फैसलामा कैफियत देखिएका तथा विवादास्पद फैसला गरेका विभिन्न न्यायाधीशलाई काजमा तान्ने कार्यलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’