सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

सोमबार, २७ असार २०७९, १३ : १८
सोमबार, २७ असार २०७९

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । 

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप