शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

सोमबार, २७ असार २०७९, १२ : ३५
सोमबार, २७ असार २०७९

ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७  सार्वजनिक गर्ने तयारी गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ । 

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ । 

यले डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्दछ । कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप