बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नन्दिता भन्छिन्– ‘भागेर बिहे गर्न मन लागेको छ’

सोमबार, २७ असार २०७९, १२ : १३
सोमबार, २७ असार २०७९

अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् । विवाहका लागि समय आउनुपर्ने र जुर्नुपर्ने उनको भनाई छ । केही समय अमेरिका बसेर स्वदेश फर्किएकी नन्दिता आइतबार अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी थिइन् । सो अवसरमा उनलाई मिडियाले विवाहको प्रश्न छुटाउने त कुरै भएन । जसको जवाफमा उनले आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी थिइन् । उनले आफु अहिलेसम्म नहुनुको कारण समयलाई समेत दोष दिएकी छन् । 

‘बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ ।’  अरुको बिहे हेर्दाहेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत उनले बताएकी छन् । भनिन्, ‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ । त्यसैले धेरै तनाव हुँदो रहेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप