तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, २७ असार २०७९, १२ : ०७
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो । महासंघले हिजो आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबारमा आएको बताएको छ ।
गत साताको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो । सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि यही मूल्य कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म