८४ करोडको हतियार किन्न लागेको भन्दै संसद्मा एमालेको विरोध
नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए ।
‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालको भनाइ छ । उनले ११५० थान सटगन, एकहजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ति हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए । उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ति हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या