शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित

सोमबार, २७ असार २०७९, ११ : ४४
सोमबार, २७ असार २०७९

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।

यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । सोमबार बिहान सभामा सूचना टाँस गरी दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । विशेष कारण भन्दै बैठक स्थगित भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप