चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु
सोमबार, २७ असार २०७९, ११ : १३
भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान सेनाको कारबाहीमा मारिए १० जना आतङ्ककारी
-
गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
-
३१ वर्षको त्यो चोट र उपहास, ४७ खेलको यो कीर्तिमानी यात्रा
-
ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु
-
तापक्रम घट्यो : अब आउने वर्षाले आगलागीलाई प्रभाव पार्ने
-
प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसको विमति, लामिछानेमाथिको छानबिन बटमलाइन