बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी विवादबारे सुनुवाइ आज, विश्वराज तर्फका वकिलले जवाफ दिने

सोमबार, २७ असार २०७९, १० : ०१
सोमबार, २७ असार २०७९

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा असार २६ मा सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, सार्वजनिक बिदाका कारण आइतबार सुनुवाइ भएन ।

आईजीपी विवादबारे सोमबार पेशी राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीलाई बताए । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

 वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सोमबार एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् । आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप