शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए पोर्चुगलले आईसीसीसँग सहकार्य गर्ने

सोमबार, २७ असार २०७९, ०८ : ४५
सोमबार, २७ असार २०७९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।

एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरूप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को १० औँ महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै सहकार्यमा काम गर्ने समेत जनाइएको छ।

अब एनसीसी पोर्चुगलका साथै विश्वका अरू थुप्रै एनसीसीहरुसँग साझेदारी सम्झौता र बाँकी देशमा तदर्थ समिति गठन हुने भएको छ। अद्यावधिक एनसीसीहरुसँग सहकार्य गर्न र नयाँ तदर्थ समिति गठन गर्न अध्यक्ष विनोद कुँवरको संयोजकत्वमा गठित कार्यदलले सो समितिलाई धन्यवाद दिँदै सहकार्य-साझेदारीमा काम गर्ने निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप