आजबाट नबिल-एनबी एकीकृत कारोबारमा जाने, २८ अर्बको पुँजीसहित सबैभन्दा ठूलो बैक बन्ने

आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् । आज बेलुका ४ : ३० बजे दुई बैंकबीच मर्जरको घोषणा हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैक बन्नेछ । बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्ने छ ।
हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।
यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैकको रुपमा स्थापित थियो । तर, पछिल्लो समय नबिल-एनबी मर्जर भएर 'नबिल बैंक लिमिटेड' बन्ने भएसँगै सो स्थान खोसिने भएको हो । यद्यपि, बैंक अफ काठमाण्डु (बीओके) सँग मर्जरको हात बढाइसकेको ग्लोबलले पुनः आफ्नो स्थान फिर्ता लिने अवस्था छ ।
नबिल-एनबी १००:४२ स्वाप रेसियोमा मर्जरमा जाने भएका हुन् । अर्थात् नबिलको १०० कित्ता बराबर एनबीको ४२ कित्ता हुने गरी मर्जर सहमति भएको हो । असार १५ गते दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते